२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

काठमाडौंको चिसोमा गिरावट: न्यूनतम तापक्रम घट्यो

images

सत्कार खबर
  • २०८१ पुस ४, बिहीबार
  • 1.9K
    SHARES
  • काठमाडौंको चिसोमा गिरावट: न्यूनतम तापक्रम घट्यो

    काठमाडौँ : काठमाडौंको न्यूनतम तापक्रम बिहीबार सामान्य रूपमा घटेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान काठमाडौंमा ४.८ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन गरिएको छ, जुन बुधबारको ५.१ डिग्री सेल्सियस तापक्रमभन्दा ०.३ डिग्रीले कम हो।

    देशका अन्य क्षेत्रहरूको न्यूनतम तापक्रम महाशाखाले हरेक बिहान ८:४५ बजे सार्वजनिक गर्दै आएको छ। मौसमविदहरूले केही दिन काठमाडौंलगायत देशभरको तापक्रम र मौसम लगभग यस्तै रहने अनुमान गरेका छन्।

    रातमा आकाशमा बादल लाग्नु वा कम हावा चल्नाले न्यूनतम तापक्रम केही बढ्न सक्छ। तर, रातमा सिरेठो र बढी हावा चलेको खण्डमा बिहान थप चिसो महसुस हुनसक्ने मौसमविदहरूको भनाइ छ। आकाश सफा हुँदा तापक्रम घट्ने सम्भावना पनि रहन्छ।

    काठमाडौंको अधिकतम तापक्रम बिहीबार १८ देखि २० डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको छ। महाशाखाले बिहीबार देशभरको मौसम सामान्य रूपमा सफा रहने जानकारी गराएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ