काठमाडौं : पाँचथर पावर कम्पनी लिमिटेडले १ सय प्रतिशत हकप्रद सेयर जारी गर्ने घोषणा गरेको छ। पुस २ गते बसेको सञ्चालक समितिको बैठकले १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो।
कम्पनीले हकप्रदबाट संकलित रकम बैंकको कर्जा भुक्तानी गर्न प्रयोग गरिने जनाएको छ। हाल कम्पनीको चुक्ता पुँजी ९६ करोड २५ लाख रुपैयाँ छ, जसले हकप्रद सेयर जारी भएपछि १ अर्ब ९२ करोड ५० लाख रुपैयाँ पुग्नेछ।



