२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

भैँसीको मासु चीन निर्यातका लागि सम्झौता पत्रमा हस्ताक्षर

images

  • २०८१ पुस २, मंगलबार
  • 1.3K
    SHARES
  • भैँसीको मासु चीन निर्यातका लागि सम्झौता पत्रमा हस्ताक्षर

    काठमाडौँ : नेपाल र चीनबीच भैँसीको मासु निर्यात सम्बन्धी ऐतिहासिक सम्झौता भएको छ। नेपालको हिमालयन फुड इन्टरनेसनल प्रालि र चीनको सांघाई जियान फुड प्रालिबीच काठमाडौंमा सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

    सम्झौतापछि कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले यस कदमले नेपाल र चीनबीचको पशुजन्य उत्पादनको व्यापारलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।

    मन्त्री अधिकारीले भने “यो सम्झौताले नेपाली किसानलाई राँगा र भैँसी पालनतर्फ थप प्रोत्साहन प्रदान गर्नेछ। नेपालको भौगोलिक बनावट र हावापानी पशुपालनका लागि उपयुक्त छ, जसले नेपाली उत्पादनलाई गुणस्तरीय बनाउँछ।”

    उनका अनुसार हिमाली भेगका जडीबुटी र औषधिजन्य घाँसपात खाएर हुर्किएका पशुबाट प्राप्त दूध र मासुमा पोषण र औषधिजन्य गुणस्तर पाइने भएकाले यो उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा विशेष मान्यता हुनेछ।

    मन्त्री अधिकारीले युवाहरूलाई पशुपालनमा आकर्षित गर्दै आधुनिक प्रविधिको उपयोग गर्नुपर्ने आवश्यकतामा पनि जोड दिए। “पशुपालनलाई व्यवसायिक बनाउन र यस पेसामा नयाँ पुस्ताको सहभागिता सुनिश्चित गर्न आधुनिक प्रविधिहरूको प्रयोग अत्यावश्यक छ।” उनले भने।

    प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भैँसीको मासु निर्यातबारे सैद्धान्तिक सहमति भएकोमा यो सम्झौता त्यसैको कार्यान्वयनको परिणाम हो। यस सम्झौताले नेपाल–चीन व्यापारिक सहकार्यलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ