२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

काठमाण्डौ विश्वविद्यालयको उपकुलपति छनोट समिति गठन

images

  • २०८१ मंसिर २९, शनिबार
  • 1.5K
    SHARES
  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपति छनोट समिति गठन

    काठमाडौँ : सरकारले काठमाण्डौ विश्वविद्यालय (केयू)को उपकुलपति छनोटका लागि समिति गठन गरेको छ। कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको विश्वविद्यालय सभाले संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको संयोजकत्वमा सिफारिस समिति गठन गरेको हो। समितिमा प्रा.डा. अर्जुन कार्की र पूर्व शिक्षा सचिव जनार्दन नेपाल सदस्य रहेका छन्।

    हालका उपकुलपति प्रा.डा. भोला थापाको चारवर्षे कार्यकाल आगामी माघ ६ गते सकिँदैछ। त्यसैले नयाँ उपकुलपति छनोटका लागि समिति गठन गरिएको हो।

    यसपटक समितिमा परम्परागत संरचना तोड्दै सहकुलपति (शिक्षामन्त्री)को नेतृत्वमा समिति नबनाई संस्थापक उपकुलपतिलाई संयोजक बनाइएको छ।

    केयूका प्राध्यापक तथा कर्मचारीहरूले छनोट समिति राजनीतिक दबाब र प्रभावबाट मुक्त हुनुपर्ने भन्दै यसमा आफ्ना प्रतिनिधिहरूलाई पनि समावेश गर्न माग गरेका थिए। तर, उनीहरूको माग यसपटक सम्बोधन भएन।

    केयूको स्थापना भएको ३३ वर्ष पूरा भएको छ। सुरुवाती चरणमा संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माले लगातार चार कार्यकाल र डा. रामकण्ठ माकाजुले लगातार दुई कार्यकालसम्म नेतृत्व सम्हालेका थिए।

    केयूले पछिल्लो चार वर्षमा भारतको तिरुपति, हङकङ र अष्ट्रेलियासँग सम्बन्ध विस्तार गर्दै नयाँ कार्यक्रमहरू लागू गरेको छ। त्यसैगरी पठनपाठन एकदिन पनि अवरुद्ध नभएको र विद्यार्थीहरूको आकर्षण तुलनात्मक रूपमा बढेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ