२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेपाल बीमा प्राधिकरणका अध्यक्ष दहालले सम्हाले कार्यभार

images

  • २०८१ मंसिर २८, शुक्रबार
  • 1.0K
    SHARES
  • नेपाल बीमा प्राधिकरणका अध्यक्ष दहालले सम्हाले कार्यभार

    काठमाडौं : नेपाल बीमा प्राधिकरणका नव नियुक्त अध्यक्ष मदन दहालले आज औपचारिक रूपमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी सम्हालेका छन्। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले दहाललाई पद तथा गोपनीयताको शपथ गराए।

    नेपाल सरकारले अर्को व्यवस्था नभएसम्मका लागि अध्यक्षको जिम्मेवारी दिनुका साथै उनी अर्थ मन्त्रालयका सहसचिव तथा प्राधिकरणको सञ्चालक समितिका सदस्य पनि रहेका छन्।

    कार्यभार ग्रहण गर्दै अध्यक्ष दहालले आफ्नो पहिलो प्राथमिकता प्राधिकरणको स्थायी अध्यक्षको नियुक्ति प्रक्रिया अघि बढाउने र दोस्रो प्राथमिकता कार्यकारी निर्देशकको नियुक्तिमा रहेको बताए।

    उनले प्राधिकरणलाई प्रभावकारी रूपमा सञ्चालन गर्न, कर्मचारीहरूलाई जिम्मेवारी पूरा गर्न निर्देशन दिए। साथै दीर्घकालीन असर पर्ने निर्णयलाई सकेसम्म टार्ने र कार्यक्षमतामा सुधार ल्याउन प्रतिबद्ध रहेको जनाए।

    अध्यक्ष दहालले भने “बीमितहरूको समस्या समाधानलाई प्राथमिकता दिनुपर्छ। बीमितको अधिकारको संरक्षण र नागरिकहरूलाई बीमाको महत्त्वबारे सकारात्मक धारणा बनाउन हामीले पहल गर्नुपर्छ। बीमा कम्पनीहरूको समस्या समाधान गर्दै बीमा क्षेत्रको विकास र विस्तारमा पनि ध्यान दिन जरुरी छ।”

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ