काठमाडौँ : चिसो मौसममा स्वास्थ्य समस्या बढ्दै गएका कारण डाक्टरले झोलिलो खानेकुरा प्रशस्त खान र न्यानो लुगा प्रयोग गर्न सुझाव दिएका छन्। चिसोका कारण मौसमी फ्लु, सामान्य रुघाखोकी र ज्वरोका बिरामीको सङ्ख्या अस्पतालमा बढ्दै गएको छ।
डाक्टरले तातो झोलिलो खानेकुराको सेवन गर्न, पर्याप्त न्यानो लुगा लगाउन र शरीरलाई तातो राख्ने उपायहरू अवलम्बन गर्न सबैलाई सुझाव दिएका छन्। विशेषगरी दीर्घरोगी, वृद्धवृद्धा र बालबालिकालाई चिसोबाट जोगाउन विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ।
आफ्नो परिवारलाई सुरक्षित राख्न न्यानो वातावरणमा बस्ने र स्वास्थ्य सम्बन्धी सर्तकताहरू अपनाउनु अपरिहार्य रहेको डाक्टरले बताएका छन्।



