२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कुमारी बैंकमा अब युनियनपे कार्डको सहज प्रयोग

images

  • २०८१ मंसिर २६, बुधबार
  • 1.2K
    SHARES
  • कुमारी बैंकमा अब युनियनपे कार्डको सहज प्रयोग

    काठमाडौँ : कुमारी बैंक लिमिटेडले आफ्ना एटीएम तथा पीओएस (पोइन्ट अफ सेल) टर्मिनलहरूमा युपिआई (युनियनपे इन्टरनेशनल)का कार्डहरू स्वीकार गर्न सुरु गरेको छ। डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै ग्राहकहरूलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यले बैंकले यो सेवा नेपालभर उपलब्ध गराएको छ।

    यस सुविधाबाट युपिआई कार्ड प्रयोगकर्ताहरूलाई कुमारी बैंकको एटीएममार्फत रकम झिक्न र पीओएस टर्मिनलमार्फत खरिद भुक्तानी गर्न थप सजिलो हुनेछ। साथै यसले व्यापारिक वर्गलाई पनि डिजिटल भुक्तानीका फाइदा अनुभव गर्न मद्दत गर्ने बैंकले विश्वास व्यक्त गरेको छ।

    डिजिटल नेपालको अभियानमा थप योगदान पुर्याउने प्रतिबद्धता जनाउँदै कुमारी बैंकले आफ्नो सेवाको दायरा विस्तार गर्न निरन्तर पहल गरिरहेको छ। बैंकले विगत २३ वर्षदेखि वित्तीय साक्षरतामा जोड दिँदै देशभर ३ सय २ शाखा सञ्जाल, ३ सय १५ एटीएम, ५० एक्सटेन्सन काउन्टर र ५४ शाखारहित बैंकिङ इकाईहरूमार्फत आधुनिक र प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ।

    आगामी दिनमा अझ सरल, सुलभ र उत्कृष्ट सेवा प्रदान गर्न नयाँ प्रविधिहरूको प्रयोग गर्दै ग्राहकहरूसँग सहकार्य विस्तार गर्ने बैंकको प्रतिबद्धता रहेको छ।

    IMG-20241202-WA0007.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ