२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सानिमा मिडिल तमोर: मर्जरको ढोका खोल्दै नवौँ वार्षिक साधारणसभा आह्वान

images

  • २०८१ मंसिर २४, सोमबार
  • 1.5K
    SHARES
  • सानिमा मिडिल तमोर: मर्जरको ढोका खोल्दै नवौँ वार्षिक साधारणसभा आह्वान

    काठमाडौं : सानिमा मिडिल तमोर हाइड्रोपावरले नवौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा पुस २३ गते काठमाडौंको चण्डोलस्थित कुण्डलिनी दरबार ब्यांक्वेटमा बिहान ११ बजेबाट आयोजना गर्ने निर्णय गरेको हो।

    सभाले समान उद्देश्य भएका अन्य कुनै कम्पनीसँग गाभ्ने, गाभिने वा एकीकरण गर्ने प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ। यससँगै मर्जर प्रक्रियाका लागि कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न आवश्यक निर्णय गर्ने अधिकार पनि सञ्चालक समितिलाई प्रदान गरिनेछ।

    सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने एकजना महिलासहित दुई जना सञ्चालकको निर्वाचन गर्नेछ। साथै गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरिनेछ।

    वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १० गतेसम्म कायम शेयरधनीहरू मात्र साधारणसभामा सहभागी हुन योग्य हुनेछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ