२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

१८ वर्ष पुरानो कानुनले संसद्को सेवा प्रभावित : सभामुख घिमिरे

images

  • २०८१ मंसिर २३, आइतबार
  • 1.8K
    SHARES
  • १८ वर्ष पुरानो कानुनले संसद्को सेवा प्रभावित : सभामुख घिमिरे

    काठमाडौँ : सभामुख देवराज घिमिरेले १८ वर्षदेखि समयसापेक्ष संसदीय कानुन अभावका कारण संसद् सेवा प्रभावकारी बन्न नसकेको बताएका छन्।

    आइतबार १८ औँ संसद् सेवा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संविधान जारी नभएको र मुलुक संघीयतामा नगएको अवस्थाको कानुनमा आधारित रही संसद् सञ्चालन गर्नुपर्ने बाध्यता रहेको उल्लेख गरे।

    उनले संसद् सेवा प्रभावकारी बनाउनका लागि कानुनलाई समयानुकूल संशोधन गर्नुपर्नेमा जोड दिँदै भने “सांसदहरूले सरकारको मुख ताक्नुको सट्टा कानुन निर्माणको प्रक्रियामा सक्रियता देखाउनु जरुरी छ।”

    साथै उनले नेपालको संसदीय अभ्यासलाई अन्य देशसँग तुलना गर्न नमिल्ने बताउँदै संसदीय सुधारको मार्गमा कानून निर्माणलाई प्रमुख प्राथमिकतामा राख्नुपर्ने औंल्याए।

    प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले पनि संसद् सचिवालयका कर्मचारीको भूमिकाको प्रशंसा गर्दै संसद् प्रभावकारी बनाउन कर्मचारीहरू थप सक्रिय हुनुपर्नेमा जोड दिइन्। उनले नयाँ सांसदहरूलाई संसदीय प्रक्रिया र नियमबारे स्पष्ट ज्ञान दिन कर्मचारीहरूको भूमिका महत्वपूर्ण हुने बताइन्।

    यस अवसरमा सभामुख र उपसभामुखले १८ औँ संसद् सेवा दिवसले संसद् सेवामा सुधारको नयाँ मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गरे।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ