२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एनएमबि बैंकलाई युएन वुमन एशिया प्यासिफिकको २०२४ डब्ल्यूईपी अवार्ड प्राप्त

images

  • २०८१ मंसिर २०, बिहीबार
  • 1.6K
    SHARES
  • एनएमबि बैंकलाई युएन वुमन एशिया प्यासिफिकको २०२४ डब्ल्यूईपी अवार्ड प्राप्त

    काठमाडौं : लैङ्गिक समानता र सामाजिक समावेशीकरण प्रवर्द्धनमा उल्लेखनीय योगदान गरेकोमा एनएमबि बैंकले युएन वुमन एशिया प्यासिफिकबाट २०२४ डब्लुईपी (Women’s Empowerment Principles) अवार्ड प्राप्त गरेको छ।

    यो अवार्डले एनएमबि बैंकलाई युएन वुमनद्वारा मान्यता प्राप्त पहिलो नेपाली संस्था बनाएको छ। युएन वुमन र युएन ग्लोबल कम्प्याक्टले कार्यस्थल, बजार र समुदायहरूमा महिला सशक्तिकरणका लागि स्थापना गरेका विश्वव्यापी मापदण्डहरू कार्यान्वयन गर्न बैंकले उत्कृष्ट प्रदर्शन गरेको हो।

    एसिया-प्यासिफिक क्षेत्रका ६ सय भन्दा बढी आवेदकमध्ये एनएमबि बैंकलाई यो विशेष अवार्ड प्रदान गरिएको हो। बैंकले यस उपलब्धिले आफूलाई अझ समावेशी र दीगो विकासका लक्ष्यहरूप्रति प्रतिबद्ध रहन थप प्रेरणा दिएको जनाएको छ।

    हाल एनएमबि बैंकले देशभर २ सय १ शाखा, १ सय ८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गरिरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ