२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेपालले बिआरआईबाट लाभ लिनेछ: प्रधानमन्त्री ओली

images

  • २०८१ मंसिर १९, बुधबार
  • 1.1K
    SHARES
  • नेपालले बिआरआईबाट लाभ लिनेछ: प्रधानमन्त्री ओली

    काठमाडौँ : चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसियेटिभ (बिआरआई) परियोजनाबाट नेपालले विविध लाभ लिने विश्वास व्यक्त गरेका छन्।

    पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रममा उनले नेपालको विकासमा चीनले महत्वपूर्ण योगदान दिँदै आएको र राष्ट्रपति सी चिनफिङको नेतृत्वमा अगाडि बढाइएको बिआरआईले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने बताए।

    प्रधानमन्त्री ओलीले सन् २०२५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको ७० वर्ष पुगेको अवसरलाई ऐतिहासिक अवसरका रूपमा लिँदै उच्चस्तरीय भ्रमण र सहकार्यले दुई देशको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने धारणा व्यक्त गरे।

    उनले पेकिङ विश्वविद्यालयजस्तो प्रतिष्ठित शैक्षिक संस्थाले नेपालमा शैक्षिक विकासका क्षेत्रमा सहकार्य गर्नसक्ने सम्भावनाबारे पनि चर्चा गरे। विश्वविद्यालयका अध्यक्ष प्रा. गोङ छिहुङले प्रधानमन्त्री ओली र उनको प्रतिनिधिमण्डललाई स्वागत गरेका थिए।

    प्रधानमन्त्रीले आफ्नो भ्रमणका क्रममा उद्यमी–व्यवसायीहरूसँगको संवादमा पनि भाग लिने कार्यक्रम रहेको जानकारी दिइएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ