२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

चार मतको हारको बदला: सिरिजंगा ३ मा एमालेकी कुमारी साउदेन विजयी

images

  • २०८१ मंसिर १७, सोमबार
  • 2.4K
    SHARES
  • चार मतको हारको बदला: सिरिजंगा ३ मा एमालेकी कुमारी साउदेन विजयी

    काठमाडौँ : ताप्लेजुङको सिरिजंगा गाउँपालिका–३ को वडाध्यक्षमा एमालेकी उम्मेदवार कुमारी साउदेन विजयी भएकी छन्। उनले ३ सय ५३ मत प्राप्त गर्दै विजयी हासिल गरिन्।

    माओवादी केन्द्रका उम्मेदवार अम्बी साउदेनले २ सय ५१ मत ल्याएर दोस्रो स्थानमा रहँदा यसअघि वडाध्यक्षमा विजयी भएको नेपाली कांग्रेस तेस्रो स्थानमा खुम्चियो। कांग्रेसका भीमकुमार लक्सम्वाले २ सय १८ मत मात्रै प्राप्त गरे।

    कुमारी साउदेनले यो विजयसँगै २०७९ सालको निर्वाचनमा चार मतले कांग्रेससँग पराजित भएको हारको बदला पनि लिएकी छिन्।
    अघिल्लो निर्वाचनमा कांग्रेसका दिलप्रसाद बोखिमले ४ सय ३ मत ल्याएर वडाध्यक्षमा निर्वाचित हुँदा साउदेनले ३ सय ९९ मत मात्रै पाएकी थिइन्।

    यसपालि आफ्नो मतदाताको समर्थनलाई बलियो बनाउँदै साउदेनले पुनः निर्वाचन जितेर आफ्नो नेतृत्व प्रमाणित गरेकी छिन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ