काठमाडौं : सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले पोखरा रिजन अन्तर्गत गण्डकी-धवलागिरी क्षेत्रका उत्कृष्ट २ सय ६२ अभिकर्ताका लागि पोखरामा सिप विकास कार्यशाला सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि कम्पनीका डेपुटी निराजन कंडेलले प्रेरणा र रमाइलो मात्र नभई सैद्धान्तिक तथा विषयवस्तुको गहिरो अध्ययनको महत्त्वमा जोड दिँदै अध्ययन र प्रशिक्षणबाट दिगो लाभ प्राप्त हुने बताए।
यस अवसरमा कम्पनीका चिफ बिजनेस अफिसर गुणराज श्रेष्ठ, सूर्यप्रकाश गुप्ता र सन्दीप कसजुले कार्यशालाको सहजीकरण गरेका थिए।
कार्यक्रमका क्रममा पोखरा रिजनमा गत आर्थिक वर्षमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने ९ जना अभिकर्तालाई सम्मान गरिएको थियो। सम्मान कार्यक्रमबारे जानकारी कम्पनीका रिजनल म्यानेजर विनोद त्रिपाठीले दिए।
कार्यक्रमको प्रारम्भमा रिजनल म्यानेजर त्रिपाठीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन पोखरा शाखा प्रमुख कमला शर्माले गरेकी थिइन्।



