२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

हुन्डाई टुसानलाई भारत एनक्यापबाट ५ स्टार सुरक्षा रेटिङ

images

  • २०८१ मंसिर १४, शुक्रबार
  • 1.5K
    SHARES
  • हुन्डाई टुसानलाई भारत एनक्यापबाट ५ स्टार सुरक्षा रेटिङ

    काठमाडौँ : हुन्डाई टुसानलाई भारत एनक्याप (NCAP) ले ५ स्टार रेटिङ दिएको छ। यस एसयुभीले वयस्क व्यक्तिको सुरक्षाका लागि ३२ मध्ये ३०.८४ अंक र बालबालिकाको सुरक्षाका लागि ४९ मध्ये ४१ अंक प्राप्त गरेको हो।

    परीक्षण रिपोर्टमा भनिएको छ कि टुसानले फ्रन्टल अफसेट ब्यारियर परीक्षणमा चालक र यात्रुको टाउको, घाँटी र तल्लो शरीरलाई राम्रो सुरक्षा प्रदान गरेको थियो। चालकको छाती सुरक्षा पनि राम्रो मानिएको छ।

    बाल डमीहरूसँग गरिएको डायनमिक परीक्षण अन्तर्गत चाइल्ड रिस्ट्रेन्ट सिस्टम (CRS) मा २४ अंक, चाइल्ड रेस्ट्रेन्ट सिस्टम (SRS) मा १२ अंक र भेहिकल एसेस्मेन्टमा ५ अंक प्राप्त गरिएको छ।

    परीक्षण गरिएको गाडीमा फ्रन्ट एयरब्याग, साइड हेड एयरब्याग, साइड चेस्ट एयरब्याग, साइड पेल्भिस एयरब्याग, ISOfix, इलेक्ट्रोनिक स्ट्याविलिटी कन्ट्रोल, सिट बेल्ट रिमाइन्डर, प्रिटेन्सन र लोड लिमिटर जस्ता सुरक्षा उपकरणहरू समावेश थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ