काठमाडौँ : कुमारी बैंक लिमिटेड र बुढानिलकण्ठ, काठमाडौंस्थित भिजन कार्ट प्रा.लि. बीच विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। यस समझदारी अनुसार कुमारी बैंकका ग्राहकहरूले भिजन कार्ट क्लिनिकका सेवाहरूमा विभिन्न सुविधा प्राप्त गर्न सक्नेछन्।
सम्झौता अनुसार:
- ओपिडि शुल्क र परीक्षणमा ४० प्रतिशतसम्म छुट (अधिकतम रु. ४ हजार सम्म)।
- निःशुल्क कन्ट्याक्ट लेन्स परामर्श र कन्ट्याक्ट लेन्स खरिदमा ५ प्रतिशत छुट।
- पार्टनर रिफेरल केन्द्रमा आँखा सम्बन्धी शल्यक्रिया गर्दा ५ प्रतिशत छुट।
- सनग्लास खरिदमा १० प्रतिशत छुट।
- जेष्ठ नागरिकका लागि निःशुल्क डाक्टर परामर्श उपलब्ध गराइनेछ।
कुमारी बैंकले विगत २३ वर्षदेखि देशभर वित्तीय साक्षरता प्रवर्द्धन गर्दै ३ सय २ शाखा सञ्जाल, ३ सय १५ एटिएम, ५० एक्सटेन्सन काउन्टर र ५४ शाखारहित बैंकिङ इकाइहरू मार्फत आधुनिक र प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ।
आगामी दिनहरूमा ग्राहकलाई अझ सरल, सुलभ र गुणस्तरीय सेवा प्रदान गर्नका लागि यस प्रकारका सहकार्यलाई निरन्तरता दिने बैंकले प्रतिबद्धता जनाएको छ।



