२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

भारतमा बीमितको डाटा चोरी गरी फिरौतीको माग

images

  • २०८१ मंसिर १२, बुधबार
  • 1.1K
    SHARES
  • भारतमा बीमितको डाटा चोरी गरी फिरौतीको माग

    काठमाडौं : भारतमा एक ह्याकर समूहले जीवन बीमा कम्पनी एचडीएफसी लाइफ इन्स्योरेन्सको बीमित ग्राहकको संवेदनशील डाटा चोरी गरी फिरौतीको माग गरेको घटना सार्वजनिक भएको छ।

    कम्पनीले यो विषयमा मुम्बईस्थित साइबर अपराध विभागमा औपचारिक उजुरी दर्ता गराएको छ। उजुरी अनुसार ह्याकरले डाटा चोरी गरी फिरौती नदिए डाटा लिक गर्ने धम्की दिएको छ।

    नोभेम्बर १९ मा ह्याकरले मेल पठाई बीमितहरूको डाटा चोरी भएको जानकारी गराउँदै दुई दिनभित्र सम्पर्क गर्न भनेका थिए। यदि सम्पर्क नगरेमा सबै डाटा बेचिदिने चेतावनी दिएको उजुरीमा उल्लेख छ। ह्याकरले बीमितहरूको नाम, पोलिसी नम्बर, ठेगाना र फोन नम्बरजस्ता संवेदनशील विवरण चोरी गरेका छन्।

    कम्पनीले यस घटनाबारे अनुसन्धानका लागि विज्ञ टोली खटाएको र यो विषय स्टक एक्सचेन्जलाई समेत जानकारी गराएको छ। उजुरी अनुसार नोभेम्बर २० र २१ मा ह्याकरबाट लगातार डाटा लिक गरिदिने चेतावनी पनि आएको थियो।

    मुम्बईको साइबर अपराध विभागले घटनाको गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको छ। हालसम्म ह्याकरहरूको पहिचान भने हुन सकेको छैन।

    यो घटना भारतमा साइबर सुरक्षा र बीमा क्षेत्रको डाटा सुरक्षाप्रति थप सतर्कता आवश्यक रहेको संकेत गर्दछ।

    कम्पनीले बीमित ग्राहकको डाटा सुरक्षाका लागि कडा उपायहरू अपनाउने प्रतिबद्धता जनाएको छ। यस्तै बीमितहरूले पनि व्यक्तिगत जानकारी सुरक्षित राख्न सचेत रहनु आवश्यक छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ