काठमाडौं : ङादी ग्रुप पावर लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि बुक क्लोज मिति मंसिर १८ गते तोकेको छ। यस आधारमा मंसिर १७ गतेसम्म नेप्सेमा कारोबार गरि कायम भएका शेयरधनीहरूले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।
कम्पनीले आफ्नो चुक्ता पूँजीको १ः१ अनुपातमा १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २ सय २२.५० रुपैयाँ बराबरका १ करोड ८५ लाख १२ हजार ७ सय ९२.२५ कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको छ। यो हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार ४ सय ४५ रुपैयाँ पुग्नेछ।
ङादी ग्रुप पावर लिमिटेडले गण्डकी प्रदेशको लमजुङ जिल्लामा अवस्थित ४.९५ मेगावाटको सिउरीखोला साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०६९ असोज ३० गतेदेखि नियमित विद्युत उत्पादन गर्दै आएको छ।



