काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन्। यादव पूर्वउपसभामुखसमेत रहेकी एक वरिष्ठ राजनीतिज्ञ हुन्।
नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधान २०७२ को धारा २८२ को उपधारा (१) बमोजिम यादवलाई राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएका छन्।
यस नियुक्तिसँगै अष्ट्रेलियामा नेपालको कूटनीतिक प्रतिनिधित्व थप प्रभावकारी हुने विश्वास गरिएको छ।



