२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कृषि, पशुपन्छी तथा जडिबुटी बीमा किन आवश्यक छ?

images

  • २०८१ मंसिर ८, शनिबार
  • 1.6K
    SHARES
  • कृषि, पशुपन्छी तथा जडिबुटी बीमा किन आवश्यक छ?

    काठमाडौं : कृषि, पशुपन्छी तथा जडिबुटी उत्पादनमा विभिन्न प्राकृतिक र अप्राकृतिक जोखिमहरु आउन सक्छन्। यस्ता जोखिमहरुबाट बचाउन गरिने बीमा नै कृषि, पशुपन्छी तथा जडिबुटी बीमा हो।

    कृषकले लगाएको बाली, तरकारी, फलफूल, जडिबुटी वा पालन गरिएको पशुपन्छी र माछाजस्ता उत्पादनमा खडेरी, असिना, बाढी, पहिरो, आगलागी, भूकम्पजस्ता प्रकोप तथा रोग र किराबाट हुने सम्भावित क्षतिबाट बच्न यो बीमा गरिन्छ। यसले आर्थिक क्षतिपूर्ति प्रदान गर्दै कृषकलाई आत्मनिर्भर र सुरक्षित महसुस गराउँछ।

    कृषि बीमा
    कृषि बीमा अन्तर्गत धान, मकै, गहुँ, तोरी, तरकारी, च्याउ, फलफूल, मसला, घाँसेबाली जस्ता उत्पादनको बीमा गर्न सकिन्छ। उत्पादन वा लागतको आधारमा बालीको प्रकृति हेरी बीमा गरिन्छ।

    पशुपन्छी बीमा
    गाई, भैंसी, बाख्रा, कुखुरा, माछाजस्ता पशुपन्छीलाई बीमा गर्ने प्रक्रियालाई पशुपन्छी बीमा भनिन्छ।

    जडिबुटी बीमा
    टिमुर, हर्रोबर्रो, चिराइतो, लौठसल्ला, पाँचऔंले, जटामसीजस्ता जडिबुटी तथा वन पैदावारलाई बीमा गरेर सम्भावित क्षति न्यूनीकरण गरिन्छ।

    कृषि बीमाको आवश्यकता

    • आर्थिक जोखिम न्यूनीकरण : प्राकृतिक प्रकोप वा रोगबाट हुने क्षतिको भार कृषकले धान्न सक्दैनन्। बीमाले यी जोखिम न्यूनीकरण गर्छ।
    • व्यावसायिक खेतीमा प्रोत्साहन : जोखिम घटेपछि कृषक व्यावसायिक उत्पादनमा आकर्षित हुन्छन्।
    • निजी तथा सहकारी लगानी : कृषि क्षेत्रमा लगानी बढाउन मद्दत पुग्छ।
    • आयात प्रतिस्थापन र उत्पादन वृद्धिः बीमाको प्रोत्साहनले कृषि उत्पादन बढ्न सक्छ।
    • साना किसानको जीवनस्तर सुधार: नेपाल सरकारको अनुदानलाई उपयोग गरेर किसानको जीवनस्तर उकास्न यो प्रभावकारी छ।

    बीमा कसरी गर्ने?

    बीमा प्राधिकरणबाट अनुमतिप्राप्त निर्जीवन बीमा कम्पनी वा तिनका अभिकर्तामार्फत बीमा गर्न सकिन्छ।

    जोखिम कभर हुने/नहुने

    रक्षावरण हुने जोखिमहरू

    • आगलागी, चट्याङ्ग
    • भूकम्प, बाढी, पहिरो
    • आँधिबेहरी, असिना, तुसारो
    • रोग, कीरा तथा अन्य आकस्मिक कारण

    रक्षावरण नहुने जोखिमहरू

    • कानूनी आदेशले नष्ट गर्नुपर्ने वस्तु
    • चोरी वा हराएको अवस्थामा
    • झुठा विवरण दिएको अवस्थामा
    • युद्ध, विद्रोह, सैन्य क्रियाकलापबाट भएको क्षति

    कृषि, पशुपन्छी तथा जडिबुटी बीमा कृषकको सुरक्षा कवच मात्र नभएर, देशको समग्र कृषि क्षेत्रमा दीगो विकासका लागि महत्त्वपूर्ण माध्यम बनेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ