२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

डिशहोमको मुर्गिया क्षेत्रमा नयाँ सेवा केन्द्रको उद्घाटन: स्थानीयलाई डिजिटल सेवामा नयाँ अवसर

images

  • २०८१ मंसिर ४, मंगलबार
  • 1.6K
    SHARES
  • डिशहोमको मुर्गिया क्षेत्रमा नयाँ सेवा केन्द्रको उद्घाटन: स्थानीयलाई डिजिटल सेवामा नयाँ अवसर

    काठमाडौं : डिशहोमले सैनामैना नगरपालिकाको मुर्गिया क्षेत्रमा नयाँ सेवा केन्द्र उद्घाटन गरेको छ। यस अवसरमा नगर प्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यतामा सेवा केन्द्रको उद्घाटन गरिएको हो।

    नयाँ सेवा केन्द्रले स्थानीय ग्राहकहरूलाई डिशहोमका इन्टरनेट जडान, रिचार्ज र टिभी जडान सेवाहरू उपलब्ध गराउनेछ। यस केन्द्रको उद्देश्य स्थानीय ग्राहकहरूको सेवा आवश्यकताहरूलाई पूरा गर्दै, उनीहरूलाई उच्च गुणस्तरीय डिजिटल सेवा उपलब्ध गराउनु हो।

    उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधिहरू, डिशहोमका कर्मचारीहरू र अन्य व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो। डिशहोमले नयाँ शाखाको स्थापना मार्फत सैनामैना नगरपालिकाका नागरिकहरूलाई डिजिटल सेवामा सरल र सहज पहुँच प्रदान गर्ने विश्वास लिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ