२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

देशभरका मालपोत कार्यालयले गत कात्तिकमा दुई अर्ब ७० करोड राजस्व उठाए

images

  • २०८१ मंसिर ३, सोमबार
  • 1.5K
    SHARES
  • देशभरका मालपोत कार्यालयले गत कात्तिकमा दुई अर्ब ७० करोड राजस्व उठाए

    काठमाडौं : देशभरका १ सय ३३ मालपोत कार्यालयहरूले कात्तिक महिनामा दुई अर्ब ७० करोड ४० लाख ४६ हजार ६ सय ४५ रुपैयाँ राजस्व संकलन गरेका छन्। तर, घर-जग्गा कारोबारमा अपेक्षित सुधार नआएको विभागले जनाएको छ।

    असोज महिनाको तुलनामा कात्तिकमा राजस्व संकलनमा गिरावट आएको छ। असोजमा तीन अर्ब आठ करोड १२ लाख ४१ हजार ४ सय ८१ रुपैयाँ राजस्व संकलन भएको थियो। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चाडपर्वका कारण कात्तिक महिनामा राजस्व संकलनमा कमी आएको हो।

    काठमाडौं उपत्यकाका ९ मालपोत कार्यालयमध्ये लगनखेल मालपोत कार्यालयले सबैभन्दा बढी, २४ करोड ५७ लाख ५४ हजार ८ सय ५८ रुपैयाँ राजस्व संकलन गरेको छ।

    राजस्वका मुख्य स्रोतहरू

    • सेवा कर: १७ करोड ७८ लाख ३८ हजार ४ सय ६६ रुपैयाँ।
    • रजिष्ट्रेशन शुल्क: १ अर्ब ८२ करोड ९५ लाख ३० हजार १ सय ३१ रुपैयाँ।
    • पूँजीगत लाभकर: ९३ करोड ७७ लाख ९१ हजार ८ सय २० रुपैयाँ।

    विभागका तथ्याङ्कअनुसार यस आर्थिक वर्षको साउनमा तीन अर्ब ८३ करोड ५० लाख ८२ हजार ८ सय ८५ रुपैयाँ र भदौमा तीन अर्ब नौ करोड दुई लाख ५९ हजार १ सय ५२ रुपैयाँ राजस्व संकलन भएको थियो।


    चाडपर्वको प्रभाव, घर-जग्गा कारोबारको मन्दी र आर्थिक गतिविधिमा आएको सामान्य गिरावटले कात्तिक महिनाको राजस्व संकलनमा कमी देखिएको छ। विभागले आगामी महिनाहरूमा कारोबारमा सुधार आउने अपेक्षा गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ