काठमाडौं : उत्तर भारतको एक मेडिकल कलेजको नवजात शिशु सघन हेरचाह इकाई (एनआईसीयू) मा आगलागी हुँदा १० नवजात शिशुको दुःखद निधन भएको छ। आगलागीबाट अन्य केही शिशु घाइते भएको खबर छ।
उत्तर प्रदेशको झाँसी जिल्लामा रहेको महारानी लक्ष्मीबाई मेडिकल कलेजको एनआईसीयूमा आगो लागेको हो।
स्थानीय सञ्चारमाध्यमका अनुसार घटनाका बेला एनआईसीयूमा झण्डै ७० नवजात शिशुहरू भर्ना भएका थिए। आगलागीको कारण अनुसन्धान भइरहेको छ।
पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै भारतीय अधिकारीहरूले आगलागीका घटनालाई रोक्न थप सुरक्षा मापदण्ड लागू गर्ने प्रतिबद्धता जनाएका छन्।



