काठमाडौँ : रोयल इन्फिल्डले आगामी मोटोभर्स २०२४ (नोभेम्बर २२–२४) मा आफ्नो नयाँ बाइक गोआन क्लासिक ३५० बबर लन्च गर्ने तयारी गरिरहेको छ। यो बाइक कम्पनीको लोकप्रिय जे-सिरिज इन्जिन प्लेटफर्ममा निर्माण हुने पाँचौं मोडल हो।
विशेष बबर शैलीको यो मोटरसाइकलले आधुनिक र क्लासिक डिजाइनको संयोजन प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
विशेषताहरू:
- इन्जिन: ३ सय ४९ सीसी, एयर-कुल्ड, सिंगल सिलिन्डर
- पावर: ६ हजार १ सय आरपीएममा २० बीएचपी
- टर्क: २७ एनएम
- ५-स्पिड ट्रान्समिसन
- फ्रेम: ट्युबुलर डाउनट्युब
- अगाडि: टेलिस्कोपिक फोर्क
- पछाडि: ट्वीन शर्क एब्जर्बर
- ब्रेकिङ: दुवै पाङ्ग्रामा डिस्क ब्रेक
- वजन: १ सय ९७ किलोग्राम
- ग्राउन्ड क्लियरेन्स: १ सय ७० एमएम
डिजाइमा आकर्षण
गोआन क्लासिक ३५० बबरको डिजाइन् क्लासिक ३५० को आधारमा बबर शैलीको रूपमा परिमार्जन गरिएको छ। यसको पछाडिको सिट र सेटअप शटगन र क्लासिक ६५० ट्विन्सबाट प्रभावित छ।
बाइकको स्टाइल र विशेषताहरूलाई सन्तुलित बनाउन विभिन्न परीक्षण गरिसकिएको छ। यसका प्याटेन्ट तस्वीरहरू पनि यसअघि सार्वजनिक भएका थिए।
बजार र मूल्य
करिब २ लाख १५ हजार भारु मूल्यमा उपलब्ध हुने अनुमान गरिएको यो बाइकले जावा र येज्दी जस्ता ब्रान्डका बबर स्टाइल बाइकसँग प्रतिस्पर्धा गर्नेछ।
रोयल इन्फिल्डको यो नयाँ मोडलले क्लासिक र आधुनिक मोटरसाइकल प्रेमीहरूका लागि ठूलो उत्साह सिर्जना गर्ने सम्भावना छ।



