२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा ६ करोड, अघिल्लो वर्षको तुलनामा ५४% घट्यो

images

  • २०८१ कात्तिक ३०, शुक्रबार
  • 1.8K
    SHARES
  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा ६ करोड, अघिल्लो वर्षको तुलनामा ५४% घट्यो

    काठमाडौं : सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा ६ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

    अघिल्लो वर्षको तुलनामा यो नाफा ५४.३० प्रतिशतले घटेको हो, जसले कम्पनीलाई अघिल्लो वर्षको यही अवधिमा आर्जन गरेको १४ करोड रुपैयाँ खुद नाफाको तुलनामा कम प्रदर्शन भएको संकेत गरेको छ।

    कम्पनीले पहिलो त्रैमासमा कुल ६६ करोड ८६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको यही अवधिमा आर्जन गरिएको ६२ करोड ९५ लाख रुपैयाँभन्दा थोरै वृद्धि भएको हो।

    यस अवधिमा कम्पनीले खुद बीमाशुल्क ३४ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ।

    हाल कम्पनीको चुक्तापुँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ रहेको छ भने महाविपत्ति कोषमा १९ करोड ५५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब १७ करोड ४३ लाख रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब ११ करोड ६१ लाख रुपैयाँ छ। स्पेसल रिजर्भको रूपमा २ अर्ब ५० करोड रुपैयाँ रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ