२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सन नेपाल लाइफको त्रैमासिक नाफामा वृद्धि, कुल बीमाशुल्क आर्जनमा २२.९८% को छलाङ

images

  • २०८१ कात्तिक ३०, शुक्रबार
  • 2.1K
    SHARES
  • सन नेपाल लाइफको त्रैमासिक नाफामा वृद्धि, कुल बीमाशुल्क आर्जनमा २२.९८% को छलाङ

    काठमाडौँ : सन नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ, जसले कम्पनीको वित्तीय प्रगति तथा वृद्धि देखाएको छ। ३ अर्ब ९६ करोड रुपैयाँ शेयर पुँजी रहेको कम्पनीले पहिलो त्रैमाससम्ममा १६ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ०.४९ प्रतिशतले वृद्धि भएको हो।

    यस अवधिमा कम्पनीले शेयर प्रिमियम शीर्षकमा १ अर्ब २६ करोड रुपैयाँ संचित गरेको छ, जबकि महाविपत्ति कोषमा १७ करोड २१ लाख र रिटेन्ड अर्निङमा ६९ करोड ३२ लाख रुपैयाँ रहेको छ। कम्पनीको जीवन बीमाकोष गत वर्षको असार मसान्तमा ७ अर्ब ५० करोड रुपैयाँ रहेकोमा यो वर्षको असोज मसान्तसम्ममा ९.८५ प्रतिशतले बढेर ८ अर्ब २४ करोड रुपैयाँ पुगेको छ।

    कम्पनीले कुल बीमाशुल्कमा पनि राम्रो वृद्धि गरेको छ। चालु वर्षको पहिलो त्रैमाससम्म कम्पनीले १ अर्ब १६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा २२.९८ प्रतिशतले वृद्धि भएको हो। पुनर्बीमामार्फत कम्पनीले १२ करोड ९४ लाख रुपैयाँ खर्च गरेको छ, जुन गत वर्षको तुलनामा उच्च हो।

    यसैगरी कम्पनीले खुद बीमाशुल्क आर्जनमा २१.२५ प्रतिशतको वृद्धि गर्दै १ अर्ब ३ करोड रुपैयाँ आर्जन गरेको छ। अभिकर्ता कमिसनमा खर्च पनि बढेर ८ करोड ९९ लाख रुपैयाँ पुगेको छ।

    कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी १६.७८ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १ सय ६३.८२ रुपैयाँ रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ