२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

भरतपुरमा १ सय ४६ करदाताको बैंक खाता रोक्का

images

  • २०८१ कात्तिक २९, बिहीबार
  • 1.7K
    SHARES
  • भरतपुरमा १ सय ४६ करदाताको बैंक खाता रोक्का

    काठमाडौं : आन्तरिक राजस्व कार्यालय भरतपुरले एक सय ४६ करदाताको बैंक खाता रोक्का गरेको छ। कार्यालयका अनुसार यी करदाताको बक्यौता रकम एक लाख रूपैयाँभन्दा बढी रहेको छ। खराब सूचीमा परेका र बारम्बार सम्पर्कको प्रयास गर्दासमेत सम्पर्कमा नआएका कारण उनीहरूको बैंक खाता रोक्का गरिएको हो।

    सूचना अधिकारी विमल पौडेलले बताउनुभएको छ कि यस कार्यले राज्यको राजस्व संकलन प्रक्रियामा सुधार ल्याउने अपेक्षा गरिएको छ। कार्यालयको तथ्यांक अनुसार हाल चार सय ९५ करदाताले मूल्य अभिवृद्धि करको ६५ करोड ९७ लाख रूपैयाँ र तीन सय २३ करदाताले आयकरतर्फ ९४ करोड रूपैयाँ बक्यौता तिर्न बाँकी छ।

    पौडेलका अनुसार चालु आर्थिक वर्षमा कार्यालयले छ अर्ब ६२ करोड रूपैयाँ राजस्व संकलन गरेको छ, जुन तोकिएको लक्ष्यको ८८ दशमलब ३६ प्रतिशत हो। कात्तिक मसान्तसम्मको सात अर्ब ६६ करोड रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्यलाई चाडपर्व, व्यापारिक गतिविधिमा कमी र कर सहभागितामा घटावटले असर गरेको उल्लेख गरिएको छ।

    राजस्व संकलनमा सुधार ल्याउन र करदातालाई समयमै कर तिर्न प्रेरित गर्न बैंक खाता रोक्का गर्ने कदम उठाइएको हो।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ