२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

चाडपर्वपछि पनि कर्जा प्रवाहमा कमी, किन घट्यो लगानी?

images

  • २०८१ कात्तिक २७, मंगलबार
  • 1.8K
    SHARES
  • चाडपर्वपछि पनि कर्जा प्रवाहमा कमी, किन घट्यो लगानी?

    काठमाडौं : चालु आर्थिक वर्षको कात्तिकसम्ममा कर्जा प्रवाह अपेक्षाकृत रूपमा वृद्धि हुन नसक्दा अर्थतन्त्रको गतिशीलता सुस्त देखिएको छ। यस अवधिमा कर्जाको ब्याजदर न्यूनतम विन्दुमा रहे पनि चाडपर्वको समयमा पनि निजी क्षेत्रले कर्जा प्रवाहमा रुचि नदेखाएको विश्लेषण गरिएको छ।

    सामान्यतया चाडपर्वको समयमा व्यापार-व्यवसाय चलायमान हुने र कर्जा प्रवाहमा समेत वृद्धि हुने अपेक्षा गरिएको थियो। तर यस वर्षको दसैँ–तिहारका समयमा बाढीपहिरोका कारण बजारमा सामान्य गतिविधि पनि घट्यो।

    यसले गर्दा व्यापारीहरूले नयाँ सामान आयात गर्नुभन्दा पुरानै मौज्दात बिक्री गर्न थाले, जसले कर्जा लगानीको मागलाई पनि असर पुर्यायो।

    नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमा निजी क्षेत्रलाई १२.५ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्य राखेको भए पनि लक्ष्य पूरा हुनेमा शंका उब्जिएको छ।

    निजी क्षेत्रले कर्जाको लागि पहल नगर्दा कर्जा निक्षेप अनुपात ७८ प्रतिशतमै कायम छ, जुन नियामकीय मापदण्ड अनुसार प्रशस्त रकम भए पनि लगानीको अभावको कारणले त्यसको उपयोग हुन सकेको छैन।

    बैंकर्स तथा निजी क्षेत्रका विश्लेषकहरूले ब्याजदर न्यून रहे पनि लगानी वातावरण अझै बलियो नभएको कारणले कर्जा विस्तार हुन नसकेको बताएका छन्। निजी क्षेत्रको मनोबल घटेको, अस्थिर सरकारी नीति र युवाहरूको विदेश पलायनजस्ता कारणले गर्दा बजारमा आवश्यक गतिशीलता आउन नसकेको उनीहरूको भनाइ छ।

    यसबाहेक, राज्यले पुँजीगत खर्चमा सुधार गर्न नसक्दा र निर्माण व्यवसायीको भुक्तानी नभएपछि पनि निजी क्षेत्र निरुत्साहित भएको उल्लेख गरेका छन्।

    यसैबीच, केही क्षेत्रमा कर्जा लगानी कम भइरहँदा शेयर बजारतर्फ भने कर्जा प्रवाह बढेको देखिन्छ। बैंकहरूको नियामकीय लचकताले शेयर बजारमा कर्जा प्रवाह बढाउन मद्दत गरेको छ, तर दीर्घकालीन रूपमा अर्थतन्त्रको सन्तुलित विकासका लागि राज्यले ठोस नीति ल्याएर बजारको गतिशीलता सुनिश्चित गर्नु आवश्यक देखिन्छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ