२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

धादिङको धार्मिक र पर्यटकीय स्थल गंगाजमुना मेला आजदेखि सुरु

images

  • २०८१ कात्तिक २६, सोमबार
  • 2.3K
    SHARES
  • धादिङको धार्मिक र पर्यटकीय स्थल गंगाजमुना मेला आजदेखि सुरु

    काठमाडौँ : हरेक वर्ष हरिबोधनी एकादशीको अवसरमा मेला लाग्ने धार्मिक तथा पर्यटकीय स्थल धादिङको गंगाजमुना मेला आजबाट सुरु हुँदैछ। गंगाजमुना गाउँपालिका–५, ढाँडखर्कमा रहेको दुई झरना गंगा र जमुना तीन सय मिटर माथिबाट खस्ने रमणीय दृश्यले भरिपूर्ण छ। यस झरनामा नुहाउँदा मनोकामना पूरा हुने र आशीर्वाद प्राप्त हुने विश्वासले भक्तजनहरूको भीड लाग्छ।

    झरनाको नजिक रहेको महादेवको मन्दिरमा पूजाआजा गर्ने परम्पराले यस मेलालाई थप धार्मिक महत्व दिएको छ। आज दिउँसोबाट सुरु हुने गंगाजमुना जात्रामा सांस्कृतिक कार्यक्रमको आयोजना गरिनेछ। रातभर जाग्राम बस्ने भक्तजनले भोली, कात्तिक २७ गते, एकादशीको दिन बिहान झरनाको फेदीमा स्नान गरी पूजाआजा गर्नेछन्।

    गंगाजमुना मेलाको ऐतिहासिक पृष्ठभूमिमा गंगा र जमुना नामकी दुई छोरीहरू बेपत्ता भइ गुफाबाट हामी सुरक्षित छौं भनी उनीहरूको सम्झनामा सुरु गरिएको कथा पनि सुनिन्छ। यहाँ गणेशको मुखको रुपमा अर्थाइएको एक चट्टानमा दुध र जल अर्पण गर्ने प्रचलन छ।

    धामि झाक्रीहरूको नियमित उपस्थितिले यस स्थललाई धार्मिक एवं औषधीय महत्त्वको स्थान बनाएको छ। यस क्षेत्रमा पाइने जडिबुटीहरूले जनावरको टोकाइमा हुने रेबिजजस्ता रोग निको हुने विश्वास छ।

    गंगाजमुना झरनाको आसपासबाट गणेश हिमाल, धादिङका सबै वडाहरू, गोरखाको उत्तरी क्षेत्र र काठमाडौंको चन्द्रागिरीसम्मको दृश्यावलोकन गर्न सकिने प्राकृतिक भ्यूटावरले पर्यटक आकर्षित गर्दछ।

    धार्मिक महत्त्व
    गणेश पर्वत श्रृङ्खलामा अवस्थित गंगाजमुना झरनालाई धार्मिक दृष्टिले शिव–पार्वतीका पुत्र गणेशको निवास स्थलका रूपमा मानिन्छ। गंगाजमुना, तातोपानी जइसल कुण्ड लगायतका तीर्थस्थलहरू यस क्षेत्रमा पवित्रता र श्रद्धाका प्रतीक हुन्।

    गंगाजमुना पुग्ने मार्ग
    काठमाडौंबाट करिब एक दिनको यात्रा गरेर गंगाजमुना झरना पुग्न सकिन्छ। सार्वजनिक यातायातमा यात्रा गर्नेहरूले माछापोखरीस्थित धादिङ बसपार्कबाट सिधै फूलखर्कसम्म पुग्न सकिन्छ।

    धादिङ्गबेसीबाट सल्यानटार हुँदै झरनासम्म पुग्न ३० किलोमिटरको यात्रा छ, जसमा आधा बाटो पिच र आधा कच्ची छ। यात्रा क्रममा त्यहाँका तामाङ्ग र गुरुङ्ग समुदायका परम्परा र अर्गानिक खानाको स्वाद लिन सकिन्छ।

    गंगाजमुना मेला धार्मिक, साँस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मेलाको रुपमा रहेको छ।

    gangga-jamuna-2 (1).jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ