२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

मौसम परिवर्तनले बच्चाहरुमा स्वास्थ्य समस्या,कारण र समाधान

images

  • २०८१ कात्तिक २६, सोमबार
  • 1.7K
    SHARES
  • मौसम परिवर्तनले बच्चाहरुमा स्वास्थ्य समस्या,कारण र समाधान

    काठमाडौँ : अहिलेको मौसममा बच्चाहरु हप्तै पिच्छे बिरामी परिरहेका छन्। ज्वरो आउने, खोकी लाग्ने, जिउ दुख्ने र खाना मन नगर्ने जस्ता समस्याले अभिभावकलाई हैरान पारिरहेको छ। यो मौसम परिवर्तनको कारणले बच्चाहरुमा स्वास्थ्य समस्याहरु देखा पर्न सक्छ।

    बच्चाहरुको रोगसँग लड्न सक्ने क्षमता कम भएको हुनाले मौसम परिवर्तनसँगै भाइरसले तिनीहरुलाई छिटो समात्न सक्छ, जसले गर्दा धेरै बच्चाहरु बिरामी हुने गर्दछन्। सँगसँगै यो मौसममा रुघाखोकी, शरीर दुखाइ, झाडा-पखाला र घाँटी दुख्ने जस्ता समस्या सामान्य देखिन्छन्।

    कात्तिक महिना सकिन लागिसकेको छ र जाडो बढ्न थालेको छ। यस्तो समयमा शरीरको हार्मोन र रोगसँग लड्ने क्षमता प्रभावित हुने हुँदा बच्चाहरुको स्वास्थ्यमा असर पुग्न सक्छ।

    विशेषगरी साना बच्चाहरु, जो बोली नफुटेका हुन्छन्, तिनीहरु आफ्ना पीडाहरुलाई व्यक्त गर्न सक्दैनन् र यसले उनीहरुको अवस्थालाई अझै जटिल बनाउँछ। यस्तो अवस्थामा बच्चाहरु झन्झट मान्ने, सुत्न नमान्ने, दूध नखाने, सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखाउन सक्छन्।

    यस मौसममा मौसम चिसो र गर्मी बीचको फरकले शरीरमा उत्पन्न हुने हार्मोन र रोगसँग लड्ने क्षमतामा असन्तुलन ल्याउँछ। यसले गर्दा बच्चाहरु बढी बिरामी पर्न सक्छन्। साथै मौसममा फैलिने भाइरल संक्रमणहरू पनि कडा हुने हुँदा निको हुन समय लाग्न सक्छ।

    यदि बच्चालाई हेरचाह नगरिएमा निमोनिया जस्ता गम्भीर रोगको जोखिम पनि बढ्न सक्छ। यसका लागि बच्चालाई औषधी दिएसँगै घरेलु उपचारहरु पनि सहायक हुन सक्छ, जस्तै नुनपानी, तुलसीको पत्ता, अदुवा र बेसार पानी पिउनु।

    यस मौसममा बच्चाको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन दिनको एक अण्डा, फलफुल र ताजा खानेकुरा खुवाउनु अत्यन्त महत्वपूर्ण छ। साथै बच्चालाई तातो लुगा लगाएर र बेलुका तातो दूध वा पानी खुवाएर सुताउनु राम्रो हुन्छ।

    बच्चा यदि स्कुल जाने उमेरको छ भने उनलाई आराम गर्न घरमै राख्नु पर्छ। रुघाखोकीको संक्रमणबाट बच्नका लागि भाइरल संक्रमण भएका व्यक्तिहरूसँग बच्चालाई नजिक जान दिनु हुँदैन। साथै बाहिरबाट आएको समयमा हात धुने बानी बसाल्नु आवश्यक छ, यसले मौसमी भाइरसबाट बच्चालाई जोगाउन मद्दत पुर्याउँछ।

    यसरी उचित हेरचाह र सन्देशहरू अपनाएमा बच्चाहरुलाई मौसमका प्रभावबाट जोगाउन सकिन्छ।



    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ