२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कामना सेवा विकास बैंकद्वारा वित्तीय साक्षरताका लागि प्रभातफेरी कार्यक्रम सम्पन्न

images

  • २०८१ कात्तिक २६, सोमबार
  • 1.2K
    SHARES
  • कामना सेवा विकास बैंकद्वारा वित्तीय साक्षरताका लागि प्रभातफेरी कार्यक्रम सम्पन्न

    काठमाडौं : कामना सेवा विकास बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ। यसैअन्तर्गत सोमबार वित्तीय साक्षरतामूलक प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ, जसको उद्देश्य कर्जा, बचत तथा बैंकिङ सेवा सुविधासम्बन्धी ज्ञान प्रदान गर्नु रहेको छ।

    बैंकका कर्मचारीहरूको सक्रिय सहभागितामा सम्पन्न यो प्रभातफेरी कार्यक्रम बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वरदेखि सुरु भई मैतीदेवी मन्दिर, डिल्लीबजार, नक्साल भगवती मन्दिर हुँदै पुनः केन्द्रीय कार्यालयमा समापन गरिएको थियो।

    यस प्रभातफेरी कार्यक्रमको माध्यमबाट समुदायलाई वित्तीय व्यवस्थापन तथा आर्थिक अवसरहरूको महत्त्व बुझाउने बैंकले विश्वास लिएको छ। कार्यक्रममा बैंकका उच्च व्यवस्थापन, विभागीय प्रमुखहरू, शाखा प्रबन्धकहरू तथा अन्य कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो।

    बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको अवसर पारेर मङ्गलबार, कात्तिक २७ गते देशव्यापी रक्तदान कार्यक्रमको पनि आयोजना गर्ने घोषणा गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ