काठमाडौँ : नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब ७० करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपको रूपमा लगानी गर्ने निर्णय गरेको छ।
बैंकले कर्मचारीहरूको उपदान तथा पेन्सन कोषको रकम सुरक्षित राख्न 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो।
यस अन्तर्गत राष्ट्र बैंकले ३ सय ६६ दिनका लागि 'क' वर्गका वाणिज्य बैंकहरूमा १ अर्ब ३६ करोड रुपैयाँ, 'ख' वर्गका विकास बैंकहरूमा २५ करोड ५० लाख रुपैयाँ र 'ग' वर्गका वित्त कम्पनीहरूमा ८ करोड ५० लाख रुपैयाँ निक्षेपमा राख्न लागेको छ।
निक्षेपका लागि बैंक तथा वित्तीय संस्थाहरूले प्रस्ताव पेश गर्न चाहनु पर्ने मिति २७ गतेसम्म रहेको छ। यसमा निक्षेप लिन इच्छुक बैंकहरूले आफूले चाहेको रकम र प्रस्तावित ब्याजदर उल्लेख गरेर आवेदन दिनुपर्नेछ।



