२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बीमा बजारमा निर्जीवन बीमा कम्पनीको अग्रसरता: शाखा विस्तार र कर्मचारी संख्यामा बढोत्तरी

images

  • २०८१ कात्तिक २५, आइतबार
  • 1.7K
    SHARES
  • बीमा बजारमा निर्जीवन बीमा कम्पनीको अग्रसरता: शाखा विस्तार र कर्मचारी संख्यामा बढोत्तरी

    काठमाडौं : शाखा विस्तार र कर्मचारी सङ्ख्यामा निर्जीवन बीमा कम्पनीहरू जीवन बीमा कम्पनीभन्दा बढी अगाडि देखिएका छन्। नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमास (साउनदेखि असोजसम्म) मा निर्जीवन बीमा कम्पनीहरूले शाखा र कर्मचारी संख्यामा उल्लेख्य वृद्धि गरेका छन्।

    पछिल्ला वर्षहरूमा आर्थिक मन्दी र मर्जरको कारणले शाखा बन्द गर्नुपर्ने र कर्मचारी घटाउनुपर्ने अवस्थाहरू देखिएका थिए। तर चालू वर्षको पहिलो त्रैमासमा आर्थिक गतिविधिमा सुधार देखिनुका साथै बीमा क्षेत्रमा पनि गति आएको छ। बीमा कम्पनीहरूले बजार विस्तार गर्न शाखा थप्न र कर्मचारी संख्या बढाउन निरन्तर प्रयास गरिरहेका छन्।

    प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमाक्षेत्रको विस्तार र व्यवसाय वृद्धिमा सहयोग गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको जानकारी दिएका छन्। सानिमा जीआईसी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्यायले निर्जीवन बीमा कम्पनीहरू व्यवसायको दायरा बढाउन आक्रामक रूपमा अगाडि बढिरहेको बताए।

    हाल नेपालमा ३७ वटा बीमा कम्पनी छन्, जसमा १४ जीवन बीमा, १४ निर्जीवन बीमा, ३ लघु जीवन, ४ लघु निर्जीवन बीमा कम्पनी र २ वटा पुर्नबीमा कम्पनी रहेका छन्। गत वर्षको यही अवधिमा बीमा कम्पनीहरूको शाखा कार्यालय संख्या २ हजार ८ सय २५ थियो, जुन चालू आवको पहिलो त्रैमासमा बढेर २ हजार ९ सय ९८ पुगेको छ।

    समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूको कार्यालय संख्या १.८८ प्रतिशतले बढेर १ हजार ८ सय ४० पुगेको छ भने निर्जीवन बीमाको कार्यालय संख्या १३.३४ प्रतिशतले बढेर १ हजार १ सय ५८ पुगेको छ।

    कर्मचारी संख्यामा समेत वृद्धि भएको छ। हाल बीमा कम्पनीहरूमा ११ हजार ७ सय ९९ कर्मचारी कार्यरत छन्, जसमा ५ हजार ८ सय १९ जीवन बीमामा र ५ हजार ९ सय ३४ निर्जीवन बीमामा छन्। गत वर्षको यही अवधिमा निर्जीवन बीमामा ४.३१ प्रतिशतले कर्मचारी बढेका छन् भने जीवन बीमामा ०.७९ प्रतिशतले मात्र वृद्धि भएको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ