२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

राष्ट्र बैंकदेखि सेबोनसम्म: दर्जनौं निकायको नेतृत्वमा फेरबदल, कसरी हुँदैछ नयाँ पदको बाँडफाँड?

images

  • २०८१ कात्तिक २४, शनिबार
  • 2.7K
    SHARES
  • राष्ट्र बैंकदेखि सेबोनसम्म: दर्जनौं निकायको नेतृत्वमा फेरबदल, कसरी हुँदैछ नयाँ पदको बाँडफाँड?

    काठमाडौँ : बैंक, बित्त, बीमा र धितोपत्र बजारका प्रमुख नियामक संस्थाहरूका नेतृत्वहरूको कार्यकाल सकिन लागेको छ। 'नेपाल धितोपत्र बोर्ड' (सेबोन) मा करिब १० महिनादेखि कार्यकारी अध्यक्षको पद रिक्त रहेको अवस्थामा, नेपाल राष्ट्र बैंक, बीमा प्राधिकरण, नेपाल स्टक एक्सचेन्ज (नेप्से) लगायतका संस्थाहरूका प्रमुखको पद पूर्तिको प्रक्रिया चासोको विषय बनेको छ।

    नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल यही चैत २५ गते सकिनेछ। यस्तै, बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालको कार्यकाल माघ १९ गतेसम्म मात्र छ।

    नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीको कार्यकाल माघ दोस्रो सातामा समाप्त हुनेछ। नेप्सेको सहायक संस्था 'केन्द्रीय निक्षेप प्रणाली' (सीडीएससी) का प्रमुखको कार्यकाल भदौमा सकिएपछि हाल कन्चन सापकोटा निमित्त नेतृत्व गरिरहेका छन्।

    सेबोनका तत्कालीन अध्यक्ष रमेश हमालको कार्यकाल २०८० पुसमा समाप्त भएको हुँदा हालसम्म कार्यकारी अध्यक्षको पद खाली छ। यस्तै, अर्थमन्त्रालय मातहतका लेखा मान बोर्ड र लेखा परीक्षण बोर्ड पनि नयाँ नेतृत्वको पर्खाइमा छन्।

    कसरी भइरहेको छ पदको बाँडफाँड?

    बैंक, बित्त, बीमा, र धितोपत्र बजार महत्त्वपूर्ण क्षेत्र भएकाले सत्तारूढ दल नेकपा एमाले र नेपाली कांग्रेसले यी निकायमा नेतृत्व चयनमा उच्च प्राथमिकता दिएका छन्। स्रोतले जानकारी दिएअनुसार यस विषयमा आन्तरिक छलफल सुरु भइसकेको छ, तर ठोस निष्कर्ष अझै आइसकेको छैन।

    यसैगरी नेपाल विद्युत प्राधिकरण, मुस्लिम आयोगजस्ता निकायहरूमा पनि शक्ति बाँडफाँडको स्पष्टता नहुँदा निर्णय प्रक्रियामा ढिलाइ भइरहेको स्रोतले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ