२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

पाथीभरा मन्दिरको यात्रा अब केबलकारमा: १५ महिनामा संचालनमा आउने

images

  • २०८१ कात्तिक २४, शनिबार
  • 2.0K
    SHARES
  • पाथीभरा मन्दिरको यात्रा अब केबलकारमा: १५ महिनामा संचालनमा आउने

    ताप्लेजुङ : ताप्लेजुङको प्रख्यात धार्मिक स्थल पाथीभरा मन्दिरमा भक्तजनहरूको आवतजावत सहज बनाउनका लागि केबलकार निर्माणको शिलान्यास गरिएको छ।

    निर्माण सुरु गर्ने स्थान काफ्लेपाटीमा शुक्रबार पूजासहित शिलान्यास सम्पन्न भएको हो।

    यस शिलान्यासमा संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले जिल्लाका नागरिकहरूको उपस्थितिमा शिलान्यास गरेका थिए।

    निर्माण कम्पनी हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले अब निर्माण कार्यलाई द्रुत गतिमा अघि बढाइने जानकारी दिए।

    केबलकार कम्पनी सञ्चालक समिति सदस्य रुद्र पौडेलका अनुसार केबलकार मार्गमा रहेका रूखहरू हटाइएको छ। अबको १५ महिनाभित्र केबलकार संचालनमा आउने अपेक्षा गरिएको छ।

    यस परियोजनाले ताप्लेजुङको पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, वातावरणीय सन्तुलन र आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

    Cable-car-taplejung-6-768x578.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ