२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

जनकपुरधाममा पौष्टिक तत्वयुक्त चामल उत्पादन सुरु

images

  • २०८१ कात्तिक २१, बुधबार
  • 1.9K
    SHARES
  • जनकपुरधाममा पौष्टिक तत्वयुक्त चामल उत्पादन सुरु

    काठमाडौँ : सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको जनकपुर प्रादेशिक कार्यालयले भिटामिनयुक्त (पौष्टिक) चामल उत्पादन सुरु गरेको छ।

    यसअघि धान र चामलको खरिद-बिक्री गर्दै आएको कार्यालयले अब भिटामिनयुक्त चामल उत्पादन गरेर वितरण गर्न थालेको कार्यालय प्रमुख गङ्गाप्रसाद साहले जानकारी दिए।

    उक्त उत्पादन विश्व खाद्य कार्यक्रमको सहयोगमा भएको हो। जनकपुरस्थित कार्यालयको परिसरमा फोटोफिकेसन प्लान्ट जडान गरिएको छ, जसले चामलको गुणस्तर समेत जाँच गर्छ। यो प्लान्ट २०८१ वैशाखमा जडान भएको थियो। हाल कर्णाली प्रदेशका लागि पौष्टिक चामल वितरण भइरहेको छ।

    यो चामल उत्पादनको प्रक्रिया भारतबाट खरिद गरिएको चामललाई पीठो बनाउने र १०० केजी चामलमा १ केजी पौष्टिक पीठो मिसाउने गरी हुन्छ। यसरी उत्पादन भएको भिटामिनयुक्त चामल कर्णालीका कुपोषित जनतालाई वितरण गरिँदै आएको प्रमुख साहले बताए।

    उक्त प्लान्ट सुर्खेत, जनकपुर र काठमाडौं कार्यालयमा जडान गरिएको छ, जुन भारतको रासन वितरणमा अनिवार्य गरिएको चामलको गुणस्तरसँग मेल खान्छ।

    साथै, कार्यालयले अरुवा सोना मन्सुली र बासमती चामल सहुलियत दरमा बिक्री सुरु गरेको छ। अरुवा सोना मन्सुली चामल प्रतिकेजी ६० रुपैयाँ र बासमती चामल प्रतिकेजी १ सय १८ रुपैयाँमा छुट मूल्यमा उपलब्ध गराइएको छ।

    सहुलियत मूल्यमा बिक्रीका लागि २ सय क्विन्टल चामलको कोटा निर्धारण गरिएको छ। एकजनालाई अधिकतम ५० केजीसम्म बिक्री गरिने व्यवस्था गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ