२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

विमानस्थल स्तरोन्नति: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ महिना रातिको उडान बन्द हुने

images

  • २०८१ कात्तिक २१, बुधबार
  • 1.9K
    SHARES
  • विमानस्थल स्तरोन्नति: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ महिना रातिको उडान बन्द हुने

    काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले विमानस्थलको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पाँच महिनासम्म दैनिक १० घण्टा राति १० बजेदेखि बिहान ८ बजेसम्म उडान बन्द गर्ने योजना बनाएको हो।

    यस परियोजनाअन्तर्गत दक्षिण-पश्चिमतर्फ समानान्तर ट्याक्सी वे, उत्तरतर्फको अन्तर्राष्ट्रिय एप्रोन र पूर्वतर्फको ह्याङ्गर एप्रोन विस्तार गरिनेछ। परियोजनाले १५ अर्ब रुपैयाँ लगानीमा यी संरचना निर्माण गर्ने जनाएको छ।

    महानिर्देशक प्रदीप अधिकारीका अनुसार, विमानस्थल स्तरोन्नतिपछि धावनमार्गको क्षमता २० देखि २५ प्रतिशतले वृद्धि हुने र एयर ट्राफिक व्यवस्थापन थप सहज हुने अपेक्षा गरिएको छ।

    प्राधिकरणले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट वैकल्पिक रूपमा उडान गर्न आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई आग्रह गरेको छ। उडान सुरक्षालाई ध्यानमा राखेर यो निर्णय गरिएको हो।

    टीआईएको स्थापना भएको ७४ वर्षपछि नेपालमा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका हुन्। हाल टीआईएबाट आन्तरिकतर्फ १९ र अन्तर्राष्ट्रियतर्फ ३३ वायुसेवा कम्पनीले उडान गर्दै आएका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ