काठमाडौं : रुरु जलबिद्युत परियोजना लिमिटेडको लाभांश र हकप्रद प्रस्तावको स्वीकृति प्राप्त भएको छ।
कम्पनीको वार्षिक साधारणसभाले संचालक समितिले प्रस्ताव गरेको १५ प्रतिशत बोनस र ०.७८९ प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ।
साधारण सभाले एक सेयरमा ०.८ शेयर अर्थात ८० प्रतिशत हकप्रद प्रस्ताव पनि स्वीकृत गरेको छ।
यस हकप्रद प्रस्तावलाई विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि मात्रै बिक्रीमा ल्याउने योजना छ।



