२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

विन्ध्यावासिनी हाइड्रोपावरको लाभांश घोषणा, बोनस शेयर कति ?

images

  • २०८१ कात्तिक १४, बुधबार
  • 2.1K
    SHARES
  • विन्ध्यावासिनी हाइड्रोपावरको लाभांश घोषणा, बोनस शेयर कति ?

    काठमाडौं : विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले सञ्चालक समितिको कात्तिक १३ गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई ८ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ।

    लाभांशलाई अनुमोदन गर्नका लागि कम्पनीले आउँदो मंसिर ६ गते आठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। यो सभाले प्रस्तावित लाभांशलाई पारित गरेपछि शेयरधनीहरूले प्राप्त गर्न सक्नेछन्। साथै, सभाले कम्पनी ऐनबमोजिम सञ्चालक समितिको संख्या संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

    यस वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

    लाभांश वितरण र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले कात्तिक २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक २७ गतेसम्म कायम रहेका शेयरधनीहरूलाई मात्र यस लाभांशको फाइदा र सभामा सहभागी हुने अवसर प्राप्त हुनेछ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ