काठमाडौँ : सोल्टी होटलले आर्थिक वर्ष २०८०/८१ का लागि शेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ। होटल सञ्चालक समितिले कात्तिक १३ गते बसेको बैठकमा कुल लाभांश ३६.८४ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा १० प्रतिशत बोनस शेयर र २६.८४ प्रतिशत नगद लाभांश लाभांश रहेको छ।
सोल्टी होटलले आगामी पुस ४ गते आफ्नो ५० औँ वार्षिक साधारणसभा आयोजना गर्ने घोषणा गरेको छ। जुन काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे सुरु हुनेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ होटलले मंसिर १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ, जसले गर्दा मंसिर १३ गतेभन्दा अघिसम्म कायम रहेका शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन पाउनेछन्।



