२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कांग्रेसले भूकम्प पीडितको उद्धार, राहत र पुनस्र्थापनाका लागि सरकारलाई ५० लाख रुपैयाँ उपलव्ध गराउने

images

  • २०८० कात्तिक १८, शनिबार
  • 481
    SHARES
  • कांग्रेसले भूकम्प पीडितको उद्धार, राहत र पुनस्र्थापनाका लागि सरकारलाई ५० लाख रुपैयाँ उपलव्ध गराउने

    कात्तिक १८, काठमाडौँ :  नेपाली कांग्रेसले भूकम्प पीडितको उद्धार, राहत र पुनस्र्थापनाका लागि पार्टीका तर्फबाट सरकारलाई रु ५० लाख उपलब्ध गराउने निर्णय गरेको छ।
     
    साथै कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न अपिल समेत गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो। 

    शुक्रबार राति ११ः४७ मा गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम ९पश्चिम० लगायतका क्षेत्रमा ठूलो सङ्ख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौँ घाइते भएका छन्।
     
    कांग्रेसले उक्त घटनाले समस्त नेपालीलाई मर्माहत र दुःखी बनाएको उल्लेख गर्दै यस्तो समयमा सरकार, राजनैतिक दल, संघ–संस्था सबै एक भएर विपद्को सामना गर्न सबैमा अपिल गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ