काठमाडौं : नेचर हवर्स इन्टरनेशनल प्रालि र गोरखा ग्रुप अफ कम्पनी लिमिटेडका सञ्चालक तथा शेयरधनी रामबहादुर खनाललाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका वडा नम्बर ३, पानीपोखरी क्षेत्रबाट पक्राउ परेका खनाललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ।
प्रहरीका अनुसार, ठगी तथा संगठित अपराध मुद्दामा फरार रहेका खनाललाई सूर्यदर्शन बचत तथा ऋण सहकारीको ठगी र संगठित अपराध सम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा पक्राउ गरिएको हो।



