२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

धितोपत्र बोर्डको सुझाब: शेयर बजारमा लाभदायक र सुरक्षित लगानीका १७ उपाय

images

  • २०८१ कात्तिक ९, शुक्रबार
  • 1.4K
    SHARES
  • धितोपत्र बोर्डको सुझाब: शेयर बजारमा लाभदायक र सुरक्षित लगानीका १७ उपाय

    काठमाडौँ : शेयर बजारमा लगानी गर्नुअघि यी कुराहरूमा ध्यान दिनाले तपाईंको लगानीलाई सुरक्षित र लाभदायक बनाउन सहयोग पुर्‍याउन सक्छ। नेपाल धितोपत्र बोर्डले शेयर बजारमा प्रवेश गर्दा ध्यान दिनुपर्ने मुख्य बुँदाहरू यसप्रकार बताएका छ :

    1. सूचनामा आधारित निर्णय: शेयर बजारको उतारचढावलाई ध्यानमा राखी यथार्थ र उपयुक्त सूचनाका आधारमा संयमित र विवेकशील निर्णय गर्नुहोस्।
    2. प्राथमिक बजारबाट शुरुवात: नवप्रवेशीहरूले प्राथमिक बजारबाट लगानी सुरु गर्दा कम्पनीको आव्हानपत्र, वित्तीय स्थिति र क्रेडिट रेटिङ जस्ता महत्वपूर्ण पक्षहरूको अध्ययन गर्नुहोस्।
    3. महत्वपूर्ण जानकारीको विश्लेषण: दोस्रो बजारमा लगानी गर्दा कम्पनीको वित्तीय प्रतिवेदन, लाभांश घोषणा, हकप्रद शेयर, व्यवस्थापन परिवर्तन, कम्पनीको योजना र साधारण सभाको निर्णय आदि अध्ययन गर्नुहोस्।
    4. आधारभूत पक्षहरूको समीक्षा: कम्पनीको वित्तीय विवरण, व्यवस्थापन, कानुनी स्थिति, व्यापार मोडेल र प्रतिस्पर्धात्मक अवस्थाको विश्लेषण गर्न नबिर्सनुहोस्।
    5. स्पष्ट उद्देश्य र धैर्यता: लगानीको उद्देश्य, समयावधि र अपेक्षित आम्दानीमा स्पष्टता राख्दै धैर्यता, लगनशीलता र दूरदृष्टिका साथ लगानी गर्नुहोस्।
    6. देशको आर्थिक र राजनीतिक स्थिति: समग्र आर्थिक तथा राजनीतिक अवस्थाका कारण हुने असरप्रति सजग रहनुहोस्।
    7. सामाजिक संजालको सावधानी: फेसबुक, ट्वीटर, युट्यूब जस्ता सामाजिक संजालका अफवाह र अनुमानमा भर नपरी सूचना स्रोतहरूको प्रमाणिकता जाँच गर्नुहोस्।
    8. स्वतन्त्र निर्णय: धोका, जालसाजी तथा छलकपटबाट बच्न सावधानी अपनाउँदै आफ्नो निर्णयलाई स्वतन्त्र बनाउनुहोस्।
    9. लगानीको स्वतन्त्र अनुसन्धान: हतार नगरी र अत्याधिक फाइदाको ग्यारेन्टी दिने प्रस्तावप्रति सजग हुँदै लगानीको अवसरहरूबारे अनुसन्धान गर्नुहोस्।
    10. आर्थिक कारकहरूको समीक्षा: मुद्रास्फिति, बैंकको तरलता र व्याजदरले बजारमा असर पार्ने भएकाले यी पक्षलाई मनन गर्नुहोस्।
    11. विविधीकरण र जोखिम व्यवस्थापन: विविधीकरण गर्नुहोस् र जोखिमबाट बच्न आपतकालीन कोष राख्नुहोस्।
    12. अस्वभाविक गतिविधिहरूबाट टाढा रहनुहोस्: भित्री सूचना वा कर्नरिङ्ग गतिविधि भएको आशंका भए टाढा बस्नुहोस् र सावधानी अपनाउनुहोस्।
    13. बैंकमार्फत मात्र लेनदेन: कारोवार गर्दा बैंकमार्फत रकमको लेनदेन गर्नुहोस् र दलालको शुल्क सम्बन्धी कानुनी जानकारी राख्नुहोस्।
    14. अनुमतिप्राप्त व्यवसायी मार्फत कारोवार: नेपाल धितोपत्र बोर्डबाट अनुमती प्राप्त व्यवसायीहरू मार्फत मात्र कारोवार गर्नुहोस्।
    15. आधिकारीक सूचना स्रोतहरूको प्रयोग: बोर्ड, नेप्से, नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय र बीमा समितिको वेबसाइटबाट आधिकारिक जानकारी लिनुहोस्।
    16. सम्बन्धित निकायसँग सम्पर्क: कुनै जिज्ञासा वा गुनासो भए सम्बन्धित धितोपत्र व्यवसायी, निष्काशनकर्ता, सिडिएससी, नेप्से वा बोर्डमा सम्पर्क गर्नुहोस्।
    17. लगानी योजनाको समीक्षा: आफ्नो लगानी योजना समय-समयमा समीक्षा गरी भविष्यको लागि योजनाबद्ध रुपमा अघि बढ्नुहोस्।

    यी सुझावहरूले तपाईंलाई सुरक्षित र सोच-विचार गरेर लगानी गर्न मद्दत पुर्‍याउँछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ