२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

देशभर पश्चिमी वायुको प्रभाव, केही स्थानमा हल्का वर्षाको सम्भावना

images

  • २०८१ कात्तिक ७, बुधबार
  • 1.1K
    SHARES
  • देशभर पश्चिमी वायुको प्रभाव, केही स्थानमा हल्का वर्षाको सम्भावना

    काठमाडौं : हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव जारी छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहने छ, भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने अपेक्षा गरिएको छ।

    कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ। बुधबार दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ। अन्य क्षेत्रहरूमा आंशिक बदली भए पनि मौसम प्रायः सफा रहने देखिन्छ।

    बुधबार साँझसम्म पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। विशेषतः कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा केही स्थानमा हल्का वर्षा हुने अनुमान गरिएको छ, भने अन्य भू-भागमा मौसम सफा नै रहने छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ