काठमाडौं : युनिलिभर नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ जम्मा गरेको छ ।
११ र १२ असोजमा अविरल वर्षापछि आएको बाढीपहिरो पीडितका लागि युनिलिभर नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
प्रधानमन्त्री ओलीलाई भेटेर उक्त चेक युनिलिभर नेपालका प्रबन्ध निर्देशक/सीईओ अम्लान मुखर्जी र संस्थापक साझेदार रविभक्त श्रेष्ठले हस्तान्तरण गरेका हुन् ।
यस्तै, युनिलिभर नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत राहतको आवश्यकतामा परेका नागरिकलाई दैनिक सरसफाइका सामग्री पनि उपलब्ध गराएको छ ।



