काठमाडौँ : माउन्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई कुल २१.०५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले हाल कायम चुक्ता पुँजीका आधारमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावअनुसार सेयरधनीले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६३ प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन्।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले आगामी कात्तिक २० गते १३ औँ वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभाबाट प्रस्ताव स्वीकृत भएपछि सेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन्।
त्यस्तै, कम्पनीले लाभांश वितरण र साधारणसभा प्रयोजनका लागि कात्तिक १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म अर्थात् कात्तिक ९ गतेसम्म सेयरधनी कायम रहेका लगानीकर्ता प्रस्तावित लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन योग्य हुनेछन्।