२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

भारत र चीनबीच सीमा गस्तीमा नयाँ सम्झौता:कूटनीतिक सम्बन्धको सुधार

images

  • २०८१ कात्तिक ६, मंगलबार
  • 1.2K
    SHARES
  • भारत र चीनबीच सीमा गस्तीमा नयाँ सम्झौता:कूटनीतिक सम्बन्धको सुधार

    काठमाडौं : भारत र चीनबीच सीमा क्षेत्रमा सैनिक गस्तीको विषयमा सम्झौतामा हस्ताक्षर भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २२-२३ अक्टोबरमा हुने ब्रिक्स शिखर सम्मेलनमा भाग लिन रुस प्रस्थान गर्नुअघि सोमबार भारतीय विदेश मन्त्रालयले वास्तविक नियन्त्रण रेखा (एलसी) मा हुने गस्तीको विषयमा चीनसँग सम्झौताबारे जानकारी दिएको हो।

    भारतीय विदेश सचिव विक्रम मिस्रीले सोमबारको पत्रकार सम्मेलनमा बताए अनुसार यो सम्झौता भारत-चीन बीच कूटनीतिक र सैनिक स्तरमा भएको वार्ताको नतिजा हो। यद्यपि यस सम्झौताबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

    कतिपय विश्लेषकहरूले यसलाई दुई देशबीचको सम्बन्ध सुधारको संकेतको रूपमा हेरिरहेका छन्। विगतमा यस्ता सम्झौताहरू भएका भए तापनि सीमा क्षेत्रमा भारत र चीनबीचको तनाव भने कायमै रहेको छ।

    सोमबार भारतीय विदेशमन्त्री डा. एस जयशंकरले निजी समाचार च्यानल एनडिटिभीमा बताएका छन् कि तनाव कम गर्न भारत र चीनबीचको वार्तामा सहमति जुटेको छ। यस सम्बन्धी थप जानकारी चाँडै सार्वजनिक हुनेछ। उनले सन् २०२० सम्म भारतले चीनसँगको सिमानामा जहाँसम्म सैनिक गस्ती गर्थ्यो। त्यहाँसम्म फेरि गस्ती गर्न पाउने जानकारी दिएका छन्।

    उनले भनेका छन् “एलसीमा सन् २०२० भन्दा पहिलेको स्थिति पुनःस्थापित हुनेछ। यो एक महत्वपूर्ण घटनाक्रम हो। तर यसको पूरा असर आँकलन गर्न अहिले नै हतार हुन्छ।”

    भारत-चीन मामलाका जानकार एवम् कलिंगा इन्स्टिच्युटमा इण्डो-प्यासिफिक स्टडिजका संस्थापक अध्यक्ष प्रोफेसर चिन्तामणि महापात्राले भनेका छन्।  “तनाव कम गर्नको लागि यो राम्रो सुरुवात हो।

    किनकि केही महिनायता कूटनीतिक र सैन्य स्तरमा भएका वार्ताहरूको परिणाम हो। तर केवल एक सम्झौताले मात्र दुई देशबीचका सबै तनाव समाप्त गर्दैन।” उनले भने “तर सम्बन्ध सामान्य हुने प्रक्रियामा यसलाई पहिलो कदमको रूपमा लिन सकिन्छ।”

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ