२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

हाथवे इन्भेष्टमेन्ट नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

images

  • २०८१ कात्तिक ६, मंगलबार
  • 1.8K
    SHARES
  • हाथवे इन्भेष्टमेन्ट नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौँ : हाथवे इन्भेष्टमेन्ट नेपालले आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश सुरक्षित गर्न आज अन्तिम दिन हो।

    कम्पनीले आफ्नो वार्षिक साधारणसभा र लाभांश वितरणका लागि भोलि कात्तिक ६ बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अर्थमा आजसम्म कायम रहेका शेयरधनीहरूले मात्र लाभांश पाउन योग्य हुनेछन्।

    कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि चुक्तापुँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने निर्णय गरेको छ।
    साधारणसभाका लागि कम्पनीले आउँदो कात्तिक २५ गते १६ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। सभा काठमाडौँको आम्रपाली ब्यांक्वेटमा बिहान १० बजे सुरु हुनेछ।

    उल्लेखित मुख्य प्रस्तावहरू निम्न छन्:

    १) वार्षिक र लेखापरीक्षण प्रतिवेदन पारित : कम्पनीले अघिल्लो आर्थिक वर्षको वित्तीय विवरण र लेखापरीक्षण प्रतिवेदन छलफल गरेर स्वीकृत गर्ने।

    २) लेखापरीक्षकको नियुक्ति : चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र तिनको पारिश्रमिक निर्धारण गर्ने।

    ३) सञ्चालक नियुक्ति : सञ्चालक समितिमा एक जना नयाँ सञ्चालक नियुक्त गर्ने प्रस्ताव।

    ४) बोनस शेयर वितरण र चुक्ता पूँजी वृद्धि : बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी वृद्धि हुनेछ, जसअनुसार कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने र सञ्चालक समितिलाई त्यसको लागि अख्तियारी दिने प्रस्ताव पनि प्रस्तुत गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ