२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपाल रेडक्रस सोसाइटीमा परिवर्तनको लहर: ५२ सदस्यीय कार्यसमितिको पुनर्गठन

images

  • २०८१ कात्तिक ५, सोमबार
  • 906
    SHARES
  • नेपाल रेडक्रस सोसाइटीमा परिवर्तनको लहर: ५२ सदस्यीय कार्यसमितिको पुनर्गठन

    काठमाडौँ : नेपाल रेडक्रस सोसाइटीको ५२ सदस्यीय केन्द्रीय कार्यसमिति पुनर्गठन गरिएको छ। सो कार्यसमिति बैठक कात्तिक २ गते सम्पन्न भएको थियो।  जसमा वरिष्ठ उपाध्यक्षसहित १७ सदस्यको मनोनयन गरिएको जानकारी महामन्त्री भूपतिलाल श्रेष्ठले दिएका छन्। यसअघि सोसाइटीमा ३५ सदस्यीय कार्यसमिति थियो।

    बैठकले आगामी मङ्सिर २६ र २७ गते विधान महाधिवेशनको आयोजना गर्ने निर्णय पनि गरेको छ। यस महाधिवेशनमार्फत नेपाल रेडक्रसलाई थप एकताबद्ध बनाउनका लागि गरिएका प्रयासलाई व्यवस्थित गरिने र मतभेद समाधान गर्ने लक्ष्य रहेको महामन्त्री श्रेष्ठले बताए।

    संस्थाको सुदृढीकरण र लामो समयदेखि जारी विवादको अन्त्यका लागि सामूहिक प्रतिबद्धतासहित सुधारका कार्यहरू अघि बढाउने निर्णय बैठकले गरेको छ। अध्यक्ष प्रा. सुदर्शनप्रसाद नेपालले सबै सरोकारवालासँग निरन्तर संवाद र छलफल गर्दै वैधानिक र दीर्घकालीन रूपमा समस्या समाधान गर्न वर्तमान कार्यसमितिले प्रतिबद्धता जनाएको बताएका छन्।

    वर्तमान कार्यसमितिको विपक्षमा रहेका पक्षले केन्द्रीय कार्यसमितिको गठन, निर्वाचन र अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने प्रक्रियामा अघि बढेको जानकारी पनि उनले दिए। संस्थाको मौजुदा विधानलाई मुलुकको सङ्घीयतासँग अनुकूलन, समावेशीकरण र रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घको मापदण्डसँग सामञ्जस्यता मिलाउनका लागि नयाँ समिति गठन गरिएको अध्यक्ष नेपालले जानकारी दिएका छन्।

    उनले थपे "संसारका अधिकांश मुलुकमा छुट्टै कानुनद्वारा रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटी सञ्चालन भइरहेका छन्। तर नेपालमा रेडक्रस ऐन अझै जारी नभएको अवस्थामा सरकारसँग समन्वय र सहयोगका लागि यो समिति गठन गरिएको हो।"

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ