२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

क्रिप्टो कारोबारीसँग रकम लिएको आरोपमा मोरङका एसपी कार्कीमाथि छानबिन सुरु, समिति गठन

images

  • २०८१ कात्तिक ५, सोमबार
  • 1.6K
    SHARES
  • क्रिप्टो कारोबारीसँग रकम लिएको आरोपमा मोरङका एसपी कार्कीमाथि छानबिन सुरु, समिति गठन

    काठमाडौँ : मोरङ जिल्लाका प्रहरी प्रमुख (एसपी) नवराज कार्की आर्थिक अनियमिततामा मुछिएका छन्। उनीमाथि क्रिप्टो करेन्सी कारोबारीसँग गैरकानूनी रूपमा रकम लिएको आरोप लागेपछि प्रहरी प्रधान कार्यालयले उनलाई फिर्ता बोलाएर एसपी नारायणप्रसाद चिमरियालाई मोरङ पठाएको छ।

    एसपी कार्कीले मोरङमा आफ्नो कार्यकालको समयमा, क्रिप्टो करेन्सी कारोबारमा संलग्न व्यक्तिहरूसँग मुद्दा नचलाउने शर्तमा २२ लाख रुपैयाँ लिएको आरोप लागेको छ। अनुसन्धानका क्रममा थाहा भएको छ कि कार्कीले उक्त रकम बुझ्न आफ्नो मातहतका इन्स्पेक्टर विक्रमबहादुर भट्टराईलाई खटाएका थिए।

    यस घटनाको छानबिन गर्न प्रदेश प्रहरी कार्यालयले एसएसपी भीमबहादुर दाहालको नेतृत्वमा एक समिति गठन गरेको छ। कोशी प्रदेशका डीआईजी चन्द्र कुबेर खापुङका अनुसार छानबिन समितिले काम गरिरहेको छ। प्रतिवेदन प्राप्त भएपछि मात्र वास्तविकता स्पष्ट हुनेछ।

    अनुसन्धानका क्रममा ३ लाख रुपैयाँ फिर्ता गरिएको पाइएको छ। जुन कार्कीले एक बिचौलियामार्फत क्रिप्टो कारोबारीलाई बुझाएका थिए। यसैगरी इन्स्पेक्टर भट्टराईले पनि आफूले रकम कार्कीलाई बुझाएको स्वीकार गरेका छन्। कार्कीमाथि प्रारम्भिक छानबिनपछि उनलाई मोरङबाट फिर्ता बोलाइएको हो।

    साथै घटनामा संलग्न अन्य प्रहरी कर्मचारीहरूमाथि पनि छानबिन भइरहेको छ। जसमा इन्स्पेक्टर भट्टराई, हवल्दार राजकुमार श्रेष्ठ, सहायक हवल्दार सरोज श्रेष्ठ र इलाका प्रहरी कार्यालय बेलाबारीका हवल्दार खगेन्द्र राउतलाई निगरानीमा राखिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ