काठमाडौँ : मारुति सुजुकीले आफ्नो लोकप्रिय ह्याचब्याक कार स्विफ्टको नयाँ संस्करण प्रस्तुत गरेको छ। जसलाई 'ब्लिट्ज एडिशन' नाम दिइएको छ।
यस विशेष संस्करण कम्पनीले सीमित मात्रामा भिएक्सआई र भिएक्सआई(ओ) भेरिएन्टहरूमा उपलब्ध गराएको हो। ग्राहकहरूले यो संस्करणमा ३९ हजार ५ सय भारतीय रुपैयाँ मूल्यका निःशुल्क एसेसोरीहरू प्राप्त गर्न सक्नेछन्।
ब्लिट्ज एडिशनमा बाहिरी रूपमा ब्ल्याक रूफ स्पोइलर, अगाडि, पछाडि र साइडमा अन्डरबडी स्पोइलर, बडी मोल्डिङ, एलईडी फग ल्याम्प, विन्डो फ्रेम किट, ग्रिल गार्निस र डोर भाइजर जस्ता आकर्षक एसेसोरीहरू थप गरिएका छन्।
कारको इन्टेरियरलाई पनि उन्नत बनाइएको छ। जसमा ९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल र अन्य आधुनिक सुविधाहरू सामेल गरिएका छन्। यो नयाँ संस्करण पेट्रोल र सीएनजी दुबै पावरट्रेनमा उपलब्ध छ।
१.२ लिटर क्षमताको इन्जिनले ८२ बीएचपी शक्ति र ११२ एनएम टर्क उत्पन्न गर्दछ। ट्रान्समिसनको लागि ५ स्पीड म्यानुअल र ५ स्पीड एएमटी विकल्प उपलब्ध गराइएको छ। जसले कारलाई प्रभावकारी ड्राइभिङ अनुभव प्रदान गर्छ।



